काठमाडौं । चुनावअघि गठबन्धन ब्यूँतिएपछि सरकार निर्माणको बेलामा दश दलीय बनेपनि उपनिर्वाचनको बेलामा पाँच दल मात्रै एकै ठाउँमा आएका छन् । वैशाख १० गते हुने उपनिर्वाचनमा गठबन्धनका साझा उम्मेदवारलाई जिताउन संयुक्त अपिल गरेका छन् ।
सत्ता गठबन्धनको तर्फबाट तनहुँ १ मा नेपाली कांग्रेसका गोविन्द भट्टराई, चितवन २ मा नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ र बारा २ मा जनता समाजवादी पार्टी उपेन्द्र यादवको उम्मेदवारी उम्मेदवार रहेको शीर्ष नेताहरुले संयुक्त हस्ताक्षर गरेर घोषणा गरेका छन् ।





