राजनीति

गणेश लामा र मधु आचार्यसहित तिनजनालाई कारबाही गर्न कांग्रेस काभ्रेको सिफारिस

काठमाडौं । चुनावमा पार्टीका उम्मेदवार हराउन भूमिका खेलेको भन्दै नेपाली कांग्रेस काभ्रेले गणेश लामासहित तिनजनालाक्ष्ए कारबाही गर्न केन्द्रीय अनुशासन समितिमा सिफारिस गरेको छ ।

कांग्रेस काभ्रेले पार्टीका कुनै पनि जिम्मेवारीमा नरहने गरी केन्द्रीय सदस्य मधुप्रसाद आचार्य, गणेश लामा र क्षेत्र नम्बर २ का सभापति महेश खरेललाई कारबाही गर्न सिफारिस गरेको हो ।

चुनावमा काभ्रे क्षेत्र नम्बर २ मा गठबन्धनका तर्फबाट उम्मेदवार रहेका कांग्रेस नेता शिवप्रसाद हुमागाईं र प्रदेशसभा सदस्यका उम्मेदवार जिल्ला सभापति तीर्थ लामालाई असहयोग गरेको र विपक्षी उम्मेदवारलाई मत मागेको कारणसहित उनीहरुलाई कारबाहीका लागि केन्द्रमा सिफारिस गरेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *