काठमाडौं । चितवन क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका विक्रम पाण्डेले अग्रता कायम राखेका छन् । पछिल्लो मतपरिणाम अनुसार पाण्डेले ७४५९ मतसहित अग्रता कायम गरेका हुन् ।
उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीकी जीता बरालले ५८०५ मतसहित पछ्याइरहेकी छन् । त्यस्तै माओवादी केन्द्रका भोजराज अधिकारी ५३१० मतसहित तेस्रो स्थानमा रहेका छन् । कांग्रेसबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिएका दिनेश कोइरालाले ३९०९ मत प्राप्त गरेका छन्।
चितवन–३ मा यसअघिको निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड विजयी भएका थिए ।




