काठमाडौँ । काठमाडौँका मेयर बालेन्द्र शाहले काठमाडौँलाई स्वच्छ सफा कायम गर्ने दायित्वमा महानगर पछि नहट्ने बताएका छन् ।
सामाजिक सञ्जालमा मेयर शाहले उपत्यकाको फोहर व्यवस्थापनमा भइरहेको प्रगतिबारे जानकारी दिदै भनेका छन्,‘काठमाडौँ देशको राजधानी भएकाले यहाँ हुने राम्रा, नराम्रा कुराहरूको देशभर प्रभाव रहने कुराप्रति हामी सचेत छौँ,’ उनले भने, ‘यसैले देशभरबाट यहाँको विकास र व्यवस्थापनमा जुन किसिमको प्रत्यक्ष चासो देखिएको छ, त्यो सकारात्मक र सह्रानीय मानेका छौँ ।’
चासो र खबरदारीको सँधै आवश्यक रहने र सर्वसाधारणको साथ, चासो, अपनत्व र खबरदारी लागि आफूहरू आभारी रहेको उनको भनाइ छ ।




