राजनीति

चिनिया विदेशमन्त्री र परराष्ट्रमन्त्री खड्काबिच भेटवार्ता

काठमाडौं । चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री डाक्टर नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ ।

मन्त्री खड्का र चिनिया विदेशमन्त्री यीबीच सान्दोङ प्रान्तको छिङ्दावमा भेटवार्ता भएको हो । परराष्ट्र मन्त्रालयका अनुसार भेटवार्तामा द्विपक्षीय हित र साझा सरोकारका क्षेत्रमा सहयोग अभिवृद्धि गर्नेबारेमा छलफल भएको छ ।

मंगलबार चीन भ्रमणमा गएका मन्त्री खड्का बिहीबार स्वदेश फर्कनेछन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *