राजनीति

लिम्पियाधुरासहितको नक्सा प्रकाशनपछि प्रधानमन्त्रीबाट हट्नु पर्‍यो : ओली

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेकको भू–भागलाई नेपाली नक्सामा समावेश गरेपछि आफू प्रधानमन्त्रीबाट हट्नु परेको बताएका छन् ।

काठमाडौंमा पूर्वसचिव द्वारिकानाथ ढुंगेलद्वारा लिखित ‘चक्रब्यूहमा नेपाली जलस्रोत’ शीर्षकको पुस्तक विमोचनमा ओलीले लिम्पियाधुरा र लिपुलेकलाई नेपाली नक्सामा सामेल गरेपछि प्रधानमन्त्रीबाट हट्नु परेको दाबी गरेका हुन् ।

‘त्यसलाई सुगौली सन्धिमा महाकाली पारीको भू–भाग नेपालको भनेपछि विवादको विषय नै हुन सक्दैन । तर नेपालको नक्बाबाट त्यो भू–भाग हटाइएको रहेछ । त्यसलाई सामेल गरेपछि त्यतिबेला मलाई थाहा थियो यहाँ ठूलै उपद्रो मच्चिनेवाला छ । मलाई प्रधानमन्त्रीबाट हट्नु पर्नेछ । नभन्दै त्यस्तै भयो ।’

उनले सुगौली सन्धिअनुसार पनि महाकाली नदीलाई सिमाना मानेपछि लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूभाग नै हुने समेत बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *