राजनीति

पक्राउ गरिए राजनीतिक प्रतिरोध गर्ने धर्मेन्द्र बास्तोलाको चेतावनी

काठमाडौं । नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोलाले तिनबुँदे सहमतिविपरित पक्राउ पुर्जी जारी गरिएको आरोप लगाएका छन् ।

ललितपुर जिल्ला अदालतले बास्तोलासहितका नेताहरुलाई ३५ दिनभित्र अदालतमा उपस्थित गराउन भन्दै पक्राप पुर्जी जारी गरेको थियो । बास्तोलाले तत्कालिन केपी ओली नेतृत्वको सरकारसँग भएको सहमतिअनुसार मुद्धा फिर्ता लिनुको साटो पक्राउ पुर्जी जारी गर्नु गलत रहेको बताए ।

संकल्पखबरसँगको कुराकानीमा उनले सरकारसँग भएको सहमति एकातिर रहेका बेला अदालतले आफ्नो प्रक्रियाअनुसारै पक्राउ पुर्जी जारी गरेको हुनसक्ने समेत उनले बताए । सहमतिविपरित पक्राउ गरिए राजनीतिक प्रतिरोध गर्ने चेतावनी समेत उनले दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *