काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रचण्डले पूर्वअर्थमन्त्री जनार्दन शर्मा निर्दोष भएको र छानबिन समितिबाट पनि त्यही आएको बताएका छन् ।
प्रेस सेन्टरको कार्यक्रममा प्रचण्डले शर्मा निर्दोष रहेको र संसदीय समितिले समेत प्रमाणित गरिदिएको बताए । उनले भने,‘संसदीय छानबिनका लागि १० दिनको टाइम दिइयो । ७ दिन थपियो । आज छानबिन समितिले प्रतिवेदन बुझायो, उहाँ निर्दोष हुनुहुन्छ । प्रमाणित भइसक्यो ।’
प्रचण्डले सरकारले ल्याएको बजेटको राम्रो प्रचार हुन थालेपछि करको दर हेरफेरमा अनधिकृत व्यक्ति प्रवेश गराएको भनेर प्रचार गरिएको दाबी समेत गरे ।
छानबिनको कुरा उठाएपछि आफैले समिति गठन गर्ने सहमति दिएको भन्दै उनले भने,‘मैले नै छानबिन गरम ल भनेको । खाएको विष पो लाग्छ, नखाएको लाग्दैन नि । छानबिन गर्न तयार भयौं । संसदीय छानबिन भयो ।’




