काठमाडौँ । १५ मिनेटका लागि स्थगित गरिएको प्रतिनिधिसभाको बैठक पुनः सुरु भएको छ ।
नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री बालेन्द्र शाह उपस्थित हुनुपर्ने माग गर्दै विपक्षी दलहरूले संसद् अवरोध गरेपछि सभामुख डिपी अर्यालले बैठक स्थगित गरेका थिए ।
सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफल सुरु गर्ने प्रस्ताव प्रधानमन्त्रीको सट्टा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले लाई पेश गर्न सभामुखले समय दिएपछि विपक्षी सांसदहरूले विरोध जनाएका थिए ।
विपक्षी दलहरूले नीति तथा कार्यक्रमजस्तो महत्वपूर्ण विषयमा प्रधानमन्त्री स्वयं संसद्मा उपस्थित हुनुपर्ने अडान राखेका छन् ।
यता सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले भने प्रतिनिधिसभा नियमावलीअनुसार प्रधानमन्त्रीको अनुपस्थितिमा अन्य मन्त्रीले छलफलमा भाग लिन र जवाफ दिन सक्ने व्यवस्था रहेको जिकिर गरेका छन् ।




