खेलकुद

३० मिनेटमै एनपिएल फाइनलको टिकट बिक्री

काठमाडौं। तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को शनिबार फाइनल खेल हुँदैछ । साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीच उपाधि भिडन्त हुने भएको हो ।

सुदूरपश्चिम लगातार तेस्रोपटक फाइनलमा भिड्दैछ । लुम्बिनी लायन्स भने उपाधि जोगाउने कसरतमा रहनेछन् । लुम्बिनी र सुदूरपश्चिमबीचको फाइनल खेलको टिकट आधिकारिक रूपमा मात्र ३० मिनेटमा बिक्री भएको छ ।

आधा घन्टामै सबै टिकट सोल्ड आउट भएपछि फाइनल खेल हेर्न रुचि भएक क्रिकेटप्रेमी निराश बनेका छन् । त्रिवि क्रिकेट मैदानमा १५ हजार सिट क्षमता छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *