अर्थ

झन्डै साढे ७ अंकले घट्यो नेप्से, कारोबार रकममा झिनो सुधार

काठमाडौं। साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार घटेर बन्द भएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७.३८ अंक घटेर २६२१.२९ विन्दुमा झरेको छ । फ्लोट इण्डेक्स ०.३१ अंक, सेन्सेटिभ इण्डेक्स र सेन्सेटिभ फ्लोट इण्डेक्स दुबै ०.०७ अंक बढेको छ।

१३ मध्ये दुई उपसमूहको परिसूचक बढेको छ । आज बैंकिङ र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य अंक बढेको छ।

नेप्से घटे पनि कारोबार रकम भने सामान्य बढेको छ। बिहीबार तीन अर्ब ८७ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो । आन ३५२ स्टकको ३९ हजार ९६६ पटकको कारोबारमा तीन अर्ब ८८ करोड ७५ लाख ६३ हजार रुपैयाँबराबरको एक करोड ६ लाख कित्ता सेयर खरिदबिक्री भएको छ।

आज ग्लोबल आइएमई बैंकको २० करोड २२ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। लक्ष्मी सनराइज बैंकको करिब १५ करोड रुपैयाँ र रिलायन्स स्पिनिङ मिल्सको कारोबार रकम ११ करोड रुपैयाँ नाघेको छ।

आज दोल्ती पावर कम्पनीको सेयरमूल्य ५.१४ प्रतिशत बढेको छ। भूगोल इनर्जीको डेभलपमेन्ट कम्पनीको सेयरमूल्य ४ प्रतिशतभन्दा बढी र अन्य स्टकहरुको मूल्य वृद्धिदर साढे ३ प्रतिशभन्दा कम रहेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *