काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र पार्टीकी सहमहामन्त्री तथा सांसद निशा डाँगी विवाह बन्धनमा बाँधिने भएका छन् । उनीहरूको विवाह आगामी मङ्सिर १० गते हुने भएको छ ।
लामो समयदेखि प्रेम सम्बन्धमा रहेका ढकाल र डाँगीले आफ्नो सम्बन्ध सार्वजनिक गरेका थिएनन् । निकटस्थहरूलाई उनीहरूको सम्बन्धबारे जानकारी भए पनि दुवैले यसलाई गोप्य राख्दै आएका थिए । अहिले भने उनीहरूले प्रेम सम्बन्धलाई वैवाहिक जीवनमा परिणत गर्ने तयारी गरेका हुन् ।
उनीहरूको टीकाटालोसमेत भइसकेको बताइएको छ । विवाहका लागि मुकुलले मङ्सिर १० गते विराटनगरबाट जन्ती लिएर झापास्थित निशाको घर जाने तयारी गरेका छन् ।
विवाहको तयारीका लागि मुकुल आज काठमाडौंँबाट झापा प्रस्थान गर्दैछन् ।




