काठमाडौं । राप्रपाको राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले महँगीविरुद्ध बुधबार देशभर ‘थाल ठटाउने’ भएको छ ।
पार्टीको आन्दोलन परिचालन समितिको सिफारिसमा केन्द्रीय कार्यसम्पादन समिति र केन्द्रीय समितिले निर्णय गरेबमोजिम साउन महिनाभरि विरोध प्रदर्शन गर्नेछ ,।
राप्रपा आन्दोलन परिचालन समितिका संयोजक बुद्धिमान तामाङले महँगीविरुद्धको देशव्यापी थाल ठटाउने कार्यक्रममा सहभागी हुन अपिल समेत गरेका छन् ।




