काठमाडौं । कालिकोटको खाँडाचक्र नगरपालिकाका मेयर कमलबहादुर शाही नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।
काठमाडौंमा आयोजित जनप्रतिनिधिको अभिमुखीकरण कार्यक्रममा शाहीलाई अध्यक्ष माधवकुमार नेपालले स्वागत गरे ।
स्थानीय चुनावमा स्वतन्त्र उठेका शाहीले एमालेका जसीप्रसाद पाण्डेलाई पराजित गरेका थिए । शाहीलाई माओवादी र नेकपा एकीकृत समाजवादीले समर्थन गरेका थिए ।




