काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एसपीपी अस्वीकार गर्ने सरकारको निर्णयका कारण प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण रद्द भएको दाबी गरेका छन् ।
पार्टीको बाग्मती प्रदेशस्तरीय कार्यक्रममा अध्यक्ष नेपालले एसपीपी अस्वीकार गर्ने भनेसँगै प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण रद्द भएको दाबी गरेका हुन् ।
उनले भने,‘एसपीपी केपी ओलीको पालामा ल्याएको थाहा भयो । त्यस्तो अवस्थामा प्रधानमन्त्रीले एसपीपी हामी अस्वीकार गर्छौँ भनेपछि हुन लागेको अमेरिका भ्रमण पनि रद्द भयो ।’
प्रधानमन्त्री देउवा अमेरिका जाने तयारी भएको भनिएपनि मिति भने सार्वजनिक भएको थिएन ।




