राजनीति

माधवकुमार नेपालले भने– आबेको हत्याले संसारभर सुरक्षा चुनौती बढ्यो

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जापानका पूर्वप्रधानमन्त्री सिन्जो आवेको हत्याले संसारभर सुरक्षा चुनौती थपेको बताएका छन् ।

चुनावी अभियानका क्रममा गोली प्रहार गरी आबेको हत्या गरिएको खबरबाट स्तब्ध भएको भन्दै अध्यक्ष नेपालले घटनाको छानविन गर्न समेत आग्रह गरेका छन् ।

अध्यक्ष नेपालले भनेका छन्,‘आधुनिक जापानमा भएको यस प्रकारको त्रासदीपूर्ण घटनाले सम्पूर्ण विश्वलाई सुरक्षा चुनौती थपेको छ । अतः घटनाको गहिराईमा पुगी सत्य तथ्य छानविन गर्दै दोषिलाई कार्बाही गर्न र यस प्रकारका घटना अब कहि कतै नघट्ने गरी विश्वलाई सुरक्षित गर्न सम्बन्धित सबैको गंभीर ध्यानाकर्षण गराउँछु ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *