मुख्य समाचार

विराटनगर महानगरको मेयरमा कोइराला र उपमेयर कार्कीको अग्रता कायमै

काठमाडौं । विराटनगर महानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका नागेश कोइराला र उपमेयरमा नेकपा एमालेकी शिल्पा निराला कार्कीले अग्रता बढ्दै गएको छ ।

६ वडाको ३ हजार १ सय मतगणना सम्पन्न हुँदासम्म कांग्रेसका कोइरालाले १ हजार ३८ मत प्राप्त गरेका छ्न् । एमाले उम्मेदवार सागर थापाले ७७४ मत पाएका छन् ।

महानगरको उपमेयरमा भने एमालेकी शिल्पा निराला कार्कीले ८५३ मतसहित अग्रता कायम गरेकी छन् । गठबन्धनबाट उपमेयरको उम्मेदवार रहेका जसपाका अमरेन्द्र यादवले ५४४ मत प्राप्त गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *