काठमाडौं । चुनावी सभामा सम्बोधन गर्न काँग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड धनगढी पुगेका छन् ।
सत्तारुढ दलले सोमबार गर्ने सभामा सहभागी हुन दुई नेता धनगढी पुगेका हुन् । सोमबार धनगढी रंगशालामा चुनावी सभा हुँदैछ ।
धनगढी पुगेका सभापति देउवा आफ्नै निवासमा बसेका छन् । प्रचण्ड भने एक होटलमा बसेको बताइएको छ । सोमबारको सभा सकेर सभापति देउवा गृहजिल्ला डडेल्धुरा जाने कार्यक्रम रहेको छ ।
प्रचण्डले कैलालीका विभिन्न स्थानमा हुने सभामा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।




