काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस महामन्त्री गगन थापालाई बालकोटमा ट्युशन सेन्टर सहयोग गर्ने बताएका छन् ।
एमाले अध्यक्ष ओलीलाई बालकोटमा गएर ट्युशन पढाउने महामन्त्री थापाले बताएका थिए । अध्यक्ष ओलीले त्यसकै जवाफ दिएका हुन् । कांग्रेसको घोषणापत्रलाई गम्भिर आलोचना गरेका अध्यक्ष ओलीलाई महामन्त्री थापाले यसअघि जवाफ दिदै ट्युशन पढाउने बताएका थिए ।
थापाले ट्युशन पढाउने विषयमा भनेको विषयमा जवाफ दिदै अध्यक्ष ओलीले भने,‘ट्युसन सेन्टर खोल्न आउने हो भने बालकोटमा मिलाइदिन्छु । ‘पहिले बागबजारमा ट्युसन सेन्टर राखेर अनुभव भएकाले लाभदायक हुन्छ भन्ने लागेको होला । बालकोटमा पनि खोल्छु भने छन् । मैले कहाँ रोकेको छु ?’




