काठमाडौं । वीरगञ्जका एक कार्यकर्ताले ५ घण्टामै एक पार्टी प्रवेश गरेर पुरानै पार्टीमा फर्किका छन् ।
जनता समाजवादी पार्टीका एक कार्यकर्ता लोकतान्त्रिक समाजवादी पार्टी प्रवेश गरेर ५ घन्टामै फेरि पुरानै पार्टीमा फर्किएको सांसद समेत रहेका प्रदीप यादवले जनाएका छन् ।
उनका अनुसार वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ का इकाइ अध्यक्ष निरञ्जन पटेल पार्टी छाडेको ५ घन्टामै जसपा फर्किएका हुन्।
बुधबार मात्रै लोसपा प्रवेश गरेका उनी बुधबारै फेरि जसपामा फर्किएका थिए।




