काठमाडौं । एमालेका तर्फबाट ललितपुरको उपमेयरमा उम्मेदवारी दिएकी मञ्जली शाक्यविरुद्ध निर्वाचन आयोगमा उम्मेदवारी खारेज गर्न माग गर्दै उजुरी परेको छ ।
शाक्यविरुद्ध मंगलबार आयोगमा ज्ञानबहादुर खत्रीले उजुरी दर्ता गरेका हुन् । २०७४ सालको प्रदेशसभाको चुनावमा बन्दसूचीमा नाम रहेको र बन्दसूचीबाट नाम नहटाई उम्मेदवारी दिएको भन्दै उजुरी परेको बताइएको छ ।




