राजनीति

गठबन्धनका उम्मेदवारलाई मतदान गर्न अपील

काठमाडौं । सरकारमा रहेका पार्टीका विद्यार्थी संगठनहरुले गठबन्धनका उम्मेदवारलाई मतदान गर्न अपिल गरेका छन् ।

संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरुले नमिलेका ठाउँहरुमा अधिकतम लचकताका साथ सहमति गर्न पनि आग्रह गरेका छन् ।

नेपाली काँग्रेस निकट नेविसंघ अध्यक्ष डुजाङ शेर्पा, नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी अध्यक्ष पञ्चा सिंह, नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियु अध्यक्ष सुदेश पराजुली, जसपा निकट समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ र राष्ट्रिय जनमोर्चा निकट अखिल छैठौंका अध्यक्ष देवेन्द्र कुवरले संयुक्त विज्ञप्ती जारी गरेका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *