काठमाडौं । आसन्न स्थानीय तह चुनावका लागि विप्लव नेतृत्वको नेकपाले रोल्पाका विभिन्न ५ स्थानीय तहमा उमेदवारी दर्ता गराएको छ ।
रोल्पाको गंगादेव, परिवर्तन, थवाङ, सुनिलस्मृती र सुनछहरी गाउँपालिकामा विप्लव नेतृत्वको नेकपाले उमेदवारी दिएको हो ।
केही स्थानीय तहमा कांग्रेस र एमालेसँग तालमेल गरेको विप्लव नेतृत्वको नेकपाका केही उम्मेदवारले भने स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन् ।




