राजनीति

बाग्मती प्रदेशसभा सदस्य सुवेदीको राजीनामा स्वीकृत

काठमाडौं । नेकपा एमालेका बाग्मती प्रदेशसभा सदस्य विजय सुवेदीको राजीनामा स्वीकृत भएको छ ।

चितवनको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा (ख)बाट निर्वाचित प्रदेशसभा सदस्य सुवेदीले बिहिबार सभामुख सानुकुमार श्रेष्ठसमक्ष राजीनामा दिएका थिए ।

आगामी वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवारी दिन उनले दिएको दिएको राजीनामा बागमती प्रदेशसभाका
सभामुख श्रेष्ठले स्वीकृत गरेका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *