काठमाडौं । कांग्रेसको चितवन जिल्ला समितिले भरतपुरको मेयर कांग्रेसले नपाए गठबन्धन तोड्ने घोषणा गरेको छ ।
सत्तारूढ दलहरूबीच चुनाबी गठबन्धन गर्ने निर्णय गरेपछि आइतबार बसेको कांग्रेस जिल्ला कार्य समितिको बैठकले भरतपुरमा मेयर नपाए एकल रूपमै चुनावमा जाने घोषणा गरेको हो ।
महानगरको हकमा प्रमुख नेपाली काङ्ग्रेसको उम्मेदवार रहने गरि तालमेल गर्न सकिने निर्णय समेत जिल्ला समितिले गरेको छ ।
भरतपुरको मेयरमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले यसअघि नै दाबी गरिसकेका छन् ।




