गुल्मी । गृहजिल्ला गुल्मी पुगेकी शहरी विकासमन्त्री रामकुमार झाँक्री नेपाली कांग्रेसको जिल्ला कार्यालय पुगेकी छन् ।
मन्त्री झाँक्री कांग्रेसको पार्टी कार्यालयमा पुग्दा उनलाई जिल्ला सभापति खिलध्वज पन्थीसहित लुम्बिनी प्रदेश उपसभापति भुवनप्रसाद श्रेष्ठले स्वागत गरेका छन् । उनीसँगै माओवादी केन्द्रका नेता वुद्धि जिसीसमेत कांग्रेसको कार्यालयमा पुगेका थिए ।
आगामी चुनावमा तालमेल गर्ने वा नगर्ने निर्णय नभएका बेला मन्त्री झाँक्री कांग्रेस पार्टी कार्यालयमा पुगेकी हुन् ।




