राजनीति

चुनावका बेला दलबदल गर्नु चरम अवसरवाद– डा. भट्टराई

काठमाडौं । जसपा अध्यक्ष तवा पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले चुनावको मुखमा दलबदल गर्नु चरम अवसरवाद भएको टिप्पणी गरेका छन् ।

अध्यक्ष भट्टराईले विचार मिल्नेसँग एकताबद्ध हुनु वा नयाँ दल गठन गर्नु स्वाभाविक भए पनि चुनावको मुखमा सत्ता स्वार्थ निम्ति दलबदल गर्नु चरम अवसरवाद भएको बताएका हुन् ।

उनले भनेका छन्, ‘दल भनेको राज्य र समाजको रूपान्तरणको विचार र बाटोप्रति प्रतिवद्ध व्यक्ति र समूहको संगठित अभिव्यक्ति हो । त्यो विचार र बाटोप्रति असहमत भएपछि विचार मिल्नेसँग एकताबद्ध हुनु वा नयाँ दल गठन गर्नु स्वाभाविक हो । तर, चुनावको मुखमा सत्ता स्वार्थ निम्ति दलबदल गर्नु चरम अवसरवाद हो । यसलाई सबैले रोकौँ ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *