काठमाडौं । निर्वाचन आयोगले आगामी स्थानीय तहको चुनावमा मतपेटिका भण्डारण र मतगणना स्थलको अनुगमन गर्ने भएको छ ।
आयोगले सबै स्थानीय तहमा मतपेटिका भण्डारण र मतगणनास्थलमा सीसीटीभी जडान गर्न र त्यसको भिडियो रेकर्ड राख्न बन्दोबस्त मिलाउन भनेको छ ।
‘मतदान सकिएपछि मतपेटिकाको भण्डारण तथा मतगणनाको अनुगमन आयोग परिसरबाटै गर्ने निर्वाचन आयोगको तयारी छ ।




