काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले इलामको प्रतिनिधिसभा क्षेत्र १ मा हुने बृहत् जनसभालाई सम्बोधन गर्ने भएका छन् ।
इलाम क्षेत्र १ नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको निर्वाचन क्षेत्रमा अध्यक्ष ओली जान लागेका हुन् ।
आगामी चैत ६ गते आइतबार हुने बृहत जनसभामा १० हजारभन्दा बढीको सहभागिता रहने एमाले इलाम जिल्ला कमिटिले जनाएको छ ।




