राजनीति

निर्वाचन आयोगमा दर्ता भयो ‘सामाजिक एकता पार्टी’

काठमाडौं । निर्वाचन आयोगमा ‘सामाजिक एकता पार्टी’ नामक दल दर्ता भएको छ ।

सो पार्टी सिबी गहतराजको अध्यक्षतामा गठन गरिएको हो । बिहीबार निर्वाचन आयोगले दल दर्ताको प्रमाणपत्र औपचारिक रुपमा दिएको छ ।काठमाडौं । निर्वाचन आयोगमा ‘सामाजिक एकता पार्टी’ नामक दल दर्ता भएको छ ।सो पार्टी सिबी गहतराजको अध्यक्षतामा गठन गरिएको हो । बिहीबार निर्वाचन आयोगले दल दर्ताको प्रमाणपत्र औपचारिक रुपमा दिएको छ ।

यही फागुन ३ गते बसेको निर्वाचन आयोगको बैठकले सो दल दर्ताको प्रमाणपत्र दिने निर्णय गरेको थियो । धर्म निरपेक्षताको पक्षधरताको रुपमा खडा भई संविधानको रक्षा गर्ने र मुलुकमा विद्यमान सबै खालको सामाजिक विभेदहरुको अन्त्यगरी मुलुकलाई समृद्ध बनाउन लागिपर्ने मुख्य उद्देश्यका साथ निर्वाचन आयोगमा पार्टी दर्ता गरिएको अध्यक्ष गहतराजले बताए । उनले धर्म निरपेक्षताका पक्षधर सबैलाई सो पार्टीमा समाहित हुन पनि आग्रह गरे ।

अध्यक्ष गहतराजले भने, ‘संविधानको रक्षा गर्ने, धर्म निरपेक्षताको पक्षधरताको रुपमा खडा हुने र समाजमा विद्यमान सबै खालका विभेदहरुको अन्त्य गरी मुलुकलाई समृद्ध बनाउने मुख्य उद्देश्यका साथ यो पार्टी निर्वाचन आयोगको दर्ता गरिएको हो ।

म यस अवसरमा धर्म निरपेक्षताका पक्षधर सबैलाई यो पार्टीको पक्षमा उभिन आग्रह गर्दछु ।’ अध्यक्ष गहतराजले पार्टीले प्रारम्भमा वडा तहबाटै हुने गरेका धार्मिक विभेद अन्त्य गर्ने अभियानलाई संचालन गर्ने बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *