राजनीति

सामाजिक अभियन्ता दाबी गर्ने ज्ञानेन्द्र शाही राप्रपा प्रवेश गर्ने

काठमाडौं । सामाजिक अभियन्ता दाबी गर्दै आएका ज्ञानेन्द्र शाही राजावादी पार्टी राप्रपा प्रवेश गर्ने भएका छन् ।

शाहीले नेतृत्व गरेको ‘हाम्रो नेपाल हामी नेपाली अभियान’ राष्ट्रिय प्रजातन्त्र पार्टीमा समाहित हुने भएको हो। राप्रपाको पदाधिकारी बैठकले शाही नेतृत्वको अभियानलाई राप्रपामा समाहित गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ ।

महामन्त्री डा. धवल शमशेर राणाको संयोजकत्वमा रहेको वार्ता समितिले ज्ञानेन्द्र शाही नेतृत्वको हाम्रो नेपाल हाम्रो नेपाली अभियानलाई राप्रपामा समाहित गर्ने प्रस्ताव गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *