राजनीति

जनार्दन शर्माको अर्थपुर्ण भनाई– समयमै स्थानीय तहको चुनाव हुनुपर्छ

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले तोकिएको मितिमै स्थानीय तहको चुनाव हुनुपर्ने बताएका छन् ।

लोकतन्त्र र संघीयतालाई सुदृढ गर्न समयमै स्थानीय तहको चुनाव हुनुपर्ने मन्त्री शर्माको भनाई छ । शुक्रबार साँझ सामाजिक सञ्जाल फेसबुक मार्फत मन्त्री शर्माले भनेका छन,‘स्थानीय तहको निर्वाचन समयमै गरेर लोकतन्त्र र संघीयतालाई सुदृढ बनाउनुपर्छ ।’ उनले लोकतन्त्र र संघीयता सुदृढ गर्नका लागि पनि समयमै चुनाव हुनुपर्ने बताएका छन ।

समयमै चुनाव हुनुपर्ने बताएका शर्माले चुनाव गर्नुपर्ने मिति भने खुलाएका छैनन् । निर्वाचन आयोगले आगामी बैशाखमा स्थानीय तहको चुनाव गर्न सरकारलाई सिफारिस गरेको छ । तर सरकारले अहिलेम्म चुनावको मिति घोषणा गरिसकेको छैन ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बैशाखमा चुनाव नहुने बताइरहेका बेला मन्त्री शर्माले भने समयमै चुनाव गर्न माग गरेका हुन् । माओवादी केन्दको महासचिव बन्न प्रयास गरिरहेका शर्माले स्थानीय तहको चुनावको बारेमा दिएको अभिव्यक्ती अर्थपुर्ण देखिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *