काठमाडौं । नेकपा एमालेले पार्टी र जनसङ्गठनका २५ जनाभन्दा बढी सहभागी हुने सबै प्रकारका सार्वजनिक कार्यक्रम स्थगन गरेको छ ।
एमाले केन्द्रीय कार्यालयका सचिव डाक्टर भीष्मराज अधिकारीले पार्टीका प्रदेश र जिल्ला अध्यक्षलाई पत्राचार गर्दै सरकारले जारी गरेको स्वास्थ्य प्रोटोकललाई ध्यानमा राखेर मातहतका पार्टीका कार्यालय सञ्चालन गर्न निर्देशन दिएका हुन् ।
एमालेले यही माघभित्र सबै प्रदेशमा अधिवेशन र आगामी फागुन मसान्तभित्र जनसङ्गठनका महाधिवेशन सम्पन्न गर्ने कार्ययोजना अघि सारेको छ ।




