काठमाडौं । नेकपा एमालेले बुधबार बिहान बस्नेगरी संसदीय दलको बेठक बोलाएको छ ।
संघीय संसदको अधिवेशन शुरु हुने दिन बुधबार बिहानै संसदीय दलको बैठक बोलाइएको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
संसद्मा कसरी प्रस्तुत हुने भन्ने विषयमा निर्णय गर्न बुधबार बिहान बस्नेगरी बैठक बोलाइएको छ । बुधबारको बैठकमा एमालेले कारबाही गरेका माधव कुमार नेपालसहित १४ जनालाई सांसदबाट कारबाही गरेको सूचना सभामुखले प्रकाशन नगरेका विषयमा प्रश्न उठाउने तयारी एमालेले गरेको छ ।
एमाले सांसदहरुका अनुसार बुधबारको बैठक अवरुद्ध गर्ने जनाइएको छ ।




