राजनीति

सभापति देउवालाई प्रधानमन्त्री बनाउन परमादेशको मागसहित रिट तयार हुदै छ: रमेश लेखक

काठमाडौँ । विपक्षी दलहरु काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश माग गर्दै सर्वोच्च जाने तयरी गरेका छन् ।काँग्रेस संसदीय दलको कार्यालयमा रिटको मस्यौदा तयारी गरिरहेका कांग्रेस नेता तथा अधिवक्ता रमेश लेखकले सभापति देउवालाई प्रधानमन्त्री बनाउन परमादेशको माग गर्ने गरि रिटको मस्यौदा तयारी भएको जानकारी दिएका छन् । उनले भने- ‘सर्वोच्च अदालतले बहुमत सांसदको आधारमा शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने परमादेश जारी गर्नुपर्छ र संसद विघटन खारेज गर्नुपर्छ भनेर जाँदैछौं ।’

संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्री नियुक्त नगरी राष्ट्रपतिले दावी खारेज गरेकाले अदालतबाट देउवालाई प्रधानमन्त्री घोषणा गरी शपथग्रहणको बाटो खुल्ला गर्नुपर्ने नेता लेखकले बताएका छन् । उनले अवैधानिक प्रधानमन्त्रीले गरेको विघटन भएकाले संसद्को विघटन संबिधान विपरीत रहेको उनले बताए । लेखकले आफुहरुले राजनीतिक र न्यायिक दुवै लडाई लड्ने बताए ।

उनले आजै रिट दर्ता हुने बताउदै अहिले तयारी भइरहेको बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *