राजनीति

पृथ्वी जयन्ती मनाउँदा प्रहरीसँग झडप (भिडियोसहित)

काठमाडौं । सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको प्रतिमा माल्र्यापण गर्न पुगेका राष्ट्रिय प्रजातन्त्र पार्टीसहितको समूहलाई रोक्दा स्थिति तनावग्रस्त बन्यो । २९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मूल समारोह समितिको आह्वानमा प्रतिमामा माल्यार्पणका लागि सिंहदरबार पश्चिम गेटतर्फ र्‍यालीलाई प्रहरीले रोक्न खोज्दा सर्वसाधारण र प्रहरीबीच झडप भएको हो । सो क्षेत्रमा प्रहरीको तैनाथी बढाइएको छ ।

प्रतिमा भएको क्षेत्रमा एक समूह प्रवेश दिइए पनि अरु समूहलाई बीच सडकमै रोखिएको थियो । सहभागीले प्रहरीविरुद्ध नाराबाजी गरेका थिए । सो क्षेत्रमा आवातजावत गर्न पूर्ण रुपमा रोक लगाइएको छ। सडकपेटीमा हिँड्नेहरुमाथि प्रहरीले लाठीचार्ज गरेको थियो।

नागरिक तहबाट आज पुस २७ गते हुने पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउनका लागि समितिले कार्यक्रम गरेको हो । यो अभियानमा अभिनेत्री मनिषा कोइराला, रमेश खरेल तथा भरत बस्नेतसहितको सक्रिय सहभागिता रहे पनि प्रहरीले कोइरालासहितको टोलीलाई पनि अघि बढ्न दिएको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *