देश

महाकाली सन्धि ठीक थियो, कार्यान्वयन गर्नुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले महाकाली सन्धि गलत नभएको प्रष्ट पार्दै वर्तमान सरकार उक्त सन्धिको कार्यान्वयनको पक्षमा रहेको बताएका छन्।

शनिबार मदन स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले महाकाली सन्धिको विरोध गरेर विगतमा पार्टी विभाजनसम्म गराइएको स्मरण गरे। “अहिले पनि म भन्न चाहन्छु– महाकाली परियोजनासम्बन्धी सम्झौता कार्यान्वयन गर्ने पक्षमा अहिले पनि सरकार छ,” ओलीले भने, “सम्भव भएसम्म हामी पञ्चेश्वर परियोजना कार्यान्वयन गर्छौं।”

प्रधानमन्त्री ओलीले चाँदनी–दोधारा क्षेत्रमा सम्झौता अनुसारको १० म्यूमेक्स पानी लिने विषय पुनः अघि बढाउने सरकारको योजना रहेको बताए। “त्यो सम्झौता ठीक छ, सन्धि ठीक छ,” उनले जोड दिए।

उनले विगतमा महाकाली सन्धिका नाममा देश बेचेको, खोला नदी मासेको भन्ने जस्ता भ्रामक प्रचार गरिएको आरोप लगाउँदै एमाले कहिल्यै राष्ट्रिय स्वाभिमान, सार्वभौमसत्ता र भौगोलिक अखण्डतामा सम्झौता नगर्ने बताए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *