देश

पूर्वअर्थमन्त्री शर्माको चेतावनी – ‘नीतिमा लगानी गर्न नपाइने अनुदान स्वीकार्य छैन’

काठमाडौं । पूर्वअर्थमन्त्री तथा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले सरकारलाई चेतावनी दिँदै नीतिगत हस्तक्षेप हुने अनुदान स्वीकार नगर्न आग्रह गरेका छन्। काठमाडौँमा बुधबार आयोजित कार्यक्रममा बोल्दै शर्माले जथाभावी अनुदानले राष्ट्रिय हित र विकास योजनामा अवरोध सिर्जना गर्ने बताए।

उनका अनुसार नेपालले पैसाभन्दा नीतिमा लगानी गर्नुपर्ने हो, तर पछिल्ला वर्षहरूमा अनुदानको नाममा देशले नीतिगत स्वतन्त्रता गुमाउँदै गएको छ। हामीले भनेअनुसार लगानी गर्न पाउने हो भने मात्र सहायता लिनु उपयुक्त हुन्छ, उनले भने।

शर्माले राष्ट्रियता र सार्वभौमिकताको सम्मान हुने गरी, दीर्घकालीन आर्थिक विकासमा टेवा पुग्ने खालका मात्र अनुदान र ऋण स्वीकार्नुपर्ने बताए। उनले नेपालमा लिइएका कतिपय अनुदानले सरकारलाई नै आफ्नो निर्णय कार्यान्वयन गर्न अप्ठ्यारो बनाएकोप्रति चिन्ता व्यक्त गरे।

ूनीतिगत हस्तक्षेपबाट मुक्त भएर काम गर्न सकिने अवस्था बनाइनु जरूरी छ, भन्दै उनले सरकारलाई राष्ट्रिय आवश्यकतालाई प्राथमिकता दिन आग्रह गरे। ऋण वा अनुदानका नाममा नियन्त्रणको जालमा फस्ने हो भने त्यसले अर्थतन्त्रलाई झन् कमजोर बनाउने शर्माको भनाइ थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *