देश

विद्यार्थी आन्दोलन अब सामाजिक मुद्दातर्फ मोडिनुपर्छ : मन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले विद्यार्थी संगठनहरूलाई केवल राजनीतिक प्रतिस्पर्धामा सीमित नहुने, सामाजिक रूपान्तरणका मुद्दामा पनि एकजुट भएर अघि बढ्न सुझाव दिएका छन्।

बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै पूर्व विद्यार्थी नेता समेत रहेका मन्त्री पौडेलले भने, “चुनावी प्रतिस्पर्धा आ(आफ्नो ठाउँमा हुन्छ, तर त्यसअघि विद्यार्थी संगठनहरूले साझा मुद्दा बनाएर मिलेर जानुपर्छ।”

उनले स्वास्थ्य, शिक्षा, न्याय, रक्त अभाव, अंग प्रत्यारोपणजस्ता संवेदनशील विषयमा सचेतना फैलाउन विद्यार्थीहरूको भूमिका महत्वपूर्ण रहेको बताए। “आज रक्त अभाव जस्ता गम्भीर समस्या छन्, जुन सामाजिक आन्दोलनको विषय बन्नुपर्छ,” मन्त्री पौडेलले जोड दिए।

उनले थारु समुदायमा सिकलसेल एनिमिया समस्या न्यूनीकरणदेखि महँगी र परम्परागत गलत मान्यतासम्मका विषयमा विद्यार्थीले सक्रियता देखाउनुपर्नेमा जोड दिए। “समाज सुधारका लागि विद्यार्थी संगठनले साझा एजेन्डामा एकता कायम गर्न सके, अहिले पनि राज्यमा सकारात्मक हस्तक्षेप गर्न सक्छन्,” उनले स्पष्ट पारे।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *