
काठमाडौं । नवनियुक्त शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले आज पदभार ग्रहण गरेका छन्। पदभार ग्रहण गर्दै उनले शिक्षक आन्दोलनबारे आफू जानकार रहेको बताएका छन्।
मन्त्री पन्तले शिक्षक आन्दोलनबारे यसअघि मन्त्रालयले गरेको पहललाई धन्यवाद दिए। उनले भने, ‘भर्खर त पदभार ग्रहण गरेको छु। शिक्षक आन्दोलनबारे जानकार छु। यसअघि मन्त्रालयले गरेको पहललाई धन्यवाद। अझै राम्रोसँग बुझेर बोल्छु।’
विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित शिक्षकहरू २३ दिनदेखि काठमाडौंको माइतीघर–नयाँबानेश्वर क्षेत्रमा आन्दोलनरत छन्।
मन्त्री पन्तले पदभार ग्रहण गरेलगत्तै मन्त्रालयको कार्यविधि तयार गर्न समिति गठन गर्ने पहिलो निर्णय गरेका छन्। उक्त समितिलाई कार्यविधि तयार गर्न १५ दिनको समय दिइएको छ।