देश

फरार रहेका प्रसाईँको दाबी : लुकेको होइन्,मन्दिरमा बसेको छु

काठमाडौं। बिबादस्पद मेडिकल ब्यावसायी दुर्गा प्रसाईं फेसबुक लाईभमा देखिएका छन् ।

गत १५ चैत देखि प्रहरीको खोजीमा रहेका प्रसाईं फेसबुक लाईभमा देखिएका हुन्। मन्दिरलाई पृष्ठभमी पारेर प्रसाईले आन्दोलनमा भएको हिंसाका लागि माफी मागेका छन् ।

उनले आन्दोलन सफल हुने भए पछि नेकपा एमाले निकट युवा संघ र राज्य संयन्त्र मिलेर आन्दोलन तुहाउन हिंसाको सहारा लिएको आरोप लगाएका छन्।

 

आफूलाई समेत मार्ने योजना बनाएको भन्दै उनले आन्दोलन नरोकिने जनाएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *