काठमाडौं । नेपाली कांग्रेसले आज देखि ‘मिसन रोजगारी’ अभियान शुुरु गर्ने भएको छ ।
महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्माले ‘राजनीतिक विमर्शको केन्द्रमा रोजगार–सरकारको प्राथमिकतामा रोजगार’ भन्ने लक्ष्यका साथ ‘मिसन रोजगारी’ अभियान सञ्चालन शुुरु गर्न लागेका हुन् ।
एक वर्षसम्म सञ्चालन हुने यो अभियानको आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा औपचारिक शुुरु हुँदैछ । ‘अब रोजगारका कुरा गरौं’ विषयमा गोलमेच छलफल सञ्चालन गरेर अभियानको शुुरु गर्न लागिएको नेताहरुको भनाइ छ ।
रोजगारी सिर्जना गर्न सकिने माध्यम, क्षेत्र, नीतिगत अवस्थालगायतमा वर्षभरी नै छलफल बहस हुने नेताहरुको भनाइ छ ।




