काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बैठक साँझ ६:३० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने तय गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैठकमा सरकारका नियमित प्रस्तावहरूमा छलफल तथा निर्णय हुने अपेक्षा गरिएको छ।




