देश

राधिका शाक्यले भनिन् – केपी ओली जस्तो सक्रिय मान्छे विश्वमा पनि छैन होला

काठमाडौं । प्रथम महिला राधिका शाक्यले प्रधानमन्त्री केपी ओली जस्तो सक्रिय मान्छे नेपालमा मात्र नभई विश्वमै नभएको बताएकी छन् । आफ्नो जीवनकालका कथाहरु समेटिएको आत्मकथा ‘करुणा’को शनिवार लोकार्पण समारोहमा शाक्यले सो कुरा बताएकी हुन् ।

उनले भनिन्, ‘उहाँलाई पहिलेदेखि नै पनि मन नपराउने मान्छेले केपी ओली भनेको एकदम अल्छि मान्छे हो,एउटा सिन्को पनि यताबाट उता नसार्ने मान्छे भन्ने गर्थे । हाल पनि मैले ती कमेन्टहरुमा यो कुराहरु देख्छु । र, मलाई चाहिँ भन्न मन लागेको छ, हिजो विहानदेखि आज विहान साढे ४ बजेसम्म उहाँ निरन्तर काममा व्यस्त रहनुभएको थियो,उहाँ कोठामा आउँदा साढे चार बज्यो । सायद सुत्दाखेरी विहान ५ बजेको थियो । उहाँलाई सक्रिय भन्ने कि निष्क्रिय भन्ने आ आफ्नो परिभाषा होला । मेरो परिभाषा त उहाँजस्तो सक्रिय मान्छे नेपालमा मात्र होइन विश्वमा पनि छैन होला ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *