देश

नागरिकता विधेयकमा ३५ संशोधन प्रस्ताव,एमाले र कांग्रेसबाट चार प्रस्ताव दर्ता

काठमाडौं । नेपाल नागरिकता विधेयक २०८१ मा ३५ संशोधन प्रस्ताव परेका छन् । संशोधन प्रस्ताव दर्ता गर्ने समय बिहीबार दिउँसो दुई बजेसम्म ३५ संशोधन प्रस्ताव दर्ता भएका सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार विधेयकमा ९ सामूहिक र २६ एकल संशोधन प्रस्ताव दर्ता भएका छन् । एमालेका सांसदहरूले ३ सामूहिक प्रस्ताव दर्ता गरेका छन् ।

कांग्रेस सांसदहरूले एउटा, एकीकृत समाजवादीका सांसदहरूले तीन, माओवादी सांसदहरूले एउटा र राप्रपाका सांसदहरूले एउटा सामूहिक प्रस्ताव दर्ता गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *