बागमती प्रदेश

बागमती प्रदेश सभाको बैठक आज बस्दै

बागमती । बागमती प्रदेश सभाको बैठक आज बस्दैछ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज बिहान ११ बजेका निम्ति आह्वान गरे बमोजिम बैठक हुन लागेको हो ।

प्रदेश सरकारले ‘प्रदेश औद्योगिक व्यवसाय ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक’, ‘प्रादेशिक व्यापार तथा व्यवसायीसम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक’ र ‘मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक’ प्रदेशसभामा दर्ता भएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *