राजनीति

डा. भट्टराईसँग रास्वपा सांसद गौतमको भेटवार्ता

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संयोजक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र रास्वपाकी सांसद सोविता गौतमबीच भेटवार्ता भएको छ । भट्टराई निवासमा सोमबार उनीहरुबीच भेट भएको हो । भेटमा देशको अर्थ राजनीतिक अवस्था, वैकल्पिक राजनीतिलगायतका विषयमा छलफल भएको बताइएको छ ।

भट्टराईलाई भेट्न गौतम र युवा उद्यमी समेत रहेका गृहेन्द्र घिमिरे पनि निवास पुगेका थिए । भेटबारे जानकारी दिँदै भट्टराईले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘रास्वपा युवा सांसद सोबिता गौतम र युवा उद्यमी गृहेन्द्र घिमिरे दम्पत्तीसँग देशको अर्थ–राजनीतिक अवस्था, वैकल्पिक राजनीतिको औचित्य लगायत विविध विषयमा उपयोगी विमर्श।’

भट्टराईले वैकल्पिक राजनीतिको पक्षमा निरन्तर वकालत गर्दै आएका छन् । रास्वपा पनि वैकल्पिक शक्ति बन्ने उद्देश्यका साथ स्थापना भएको थियो । पछिल्लो समय रास्वपाका सभापति रवि लामिछानेले सहकारी प्रकरणमा मुद्दा मामिलामा फसेको अवस्थामा सोबारे समेत छलफल भएको बुझिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *