अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुजमा इरानका सात वटा डुङ्गामाथि आक्रमण गरिएको बताएका छन् । खाडी क्षेत्रमा अलपत्र परेका जहाजहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्ने प्रयासस्वरूप उक्त कदम चालिएको वासिङ्टनको भनाइ छ ।
सोमबार यूएई र दक्षिण कोरियाले जलमार्गमा जहाजहरूमाथि आक्रमण भएको जानकारी दिएका छन् । यूएईका अनुसार इरानी आक्रमणपछि तेल बन्दरगाहमा आगलागी भएको छ भने केही व्यक्ति घाइते भएका छन्।
ढुवानी कम्पनीले आफ्नो अमेरिकी झण्डा बोकेको जहाज अमेरिकी सैन्य सुरक्षामा जलडमरूमध्य पार गर्न सफल भएको जनाएको छ । उक्त अभियानलाई ट्रम्पले प्रोजेक्ट फ्रिडम नाम दिएका छन्।
यसैबीच, इरानी विदेशमन्त्रीले जलडमरूमध्यको अवस्था राजनीतिक संकटको परिणाम भएको उल्लेख गर्दै “यसको सैन्य समाधान सम्भव नहुने बताएका छन्। फेब्रुअरीमा अमेरिका र इजरायलले इरानमाथि हवाई आक्रमण गरेपछि होर्मुज अधिकांश रूपमा अवरुद्ध छ। त्यसपछि इरानले विश्वको करिब २० प्रतिशत तेल आपूर्ति हुने मार्ग अवरुद्ध गरेको थियो।




