
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र वामदेव गौतमबीच भेटवार्ता भएको छ।आज (सोमबार) एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा नेपाल–गौतमबीच भेटवार्ता भएको हो।
पछिल्लो समय नेता नेपाल–गौतमबीच भेटवार्ता बाक्लिएको छ । नेता गौतम एकीकृत समाजवादी प्रवेश गर्ने तयारीमा छन् । गौतमलाई एकीकृत समाजवादीमा तेस्रो बरियतासहित वरिष्ठ नेता बनाइने बताइएको छ ।
एकीकृत समाजवादीमा प्रवेश गर्न नेता गौतमले शर्त अगाडि सारेका छन् ।