राजनीति

मल्ल र जोशीसँग भीम रावलको भेटवार्ता

काठमाडौं । नेकपा एमालेबाट निस्कासित भएपछि डा.भीम रावलले नयाँ पार्टी खोल्ने तयारी गरेका छन् । नयाँ पार्टी खोल्ने तयारीमा रहेका रावलले सुदूरपश्चिमका विभिन्न पार्टीका नेताहरूसँग छलफल गरिरहेका छन् ।

जस अन्तर्गत नेता रावलले डडेलधुराका दुई प्रभावशाली नेताहरूसँग भेटवार्ता गरेका छन् ।

पूर्व सांसद कर्ण मल्ल र सुदूरपश्चिम प्रदेश सभाका स्वतन्त्र सांसद डा तारा जोशीसँग रावलले छलफल गरेका हुन् । मल्ल पूर्व काँग्रेसी हुन् भने जोशी पूर्व एमाले हुन् ।

सुदूरपश्चिम प्रदेशमा राम्रो पकड भएका भनिएका मल्ल र जोशीले सोमबार नेता रावललाई भेट्न रावल निवास टोखा पुगेका थिए । उनीहरू दुवै जनाले रावलको भावी राजनैतिक कदमबारे चासो राखेका थिए ।

रावल भेट्न पुगेका मल्ल र जोशी दुवैले आगामी यात्रामा साथ दिन सक्ने संकेत गरेको स्रोतले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *